शेयर बजार फेरी ओरालो लाग्यो

   नयाँ दैनिक comment 0

चैत २६, काठमाडौँ । यो साताको पहिलो दिन आइतबारबाट केहि सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । नेप्से सूचक हिजो ११९१.६८को बिन्दुमा पुगेको थियो । आज उक्त सूचक घटेर ११८१.१० को बिन्दुमा आइपुगेको हो ।

नेप्से घटेसँगै कारोबारमा रकममा पनि गिरावट आएको छ  । आज २७ लाख ८८ हजार ८ सय ८६ कित्ता शेयर कारोबार हुँदा ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रुपैँया बराबरको रकम कारोबार भएको हो ।

नेको इन्सुरेन्सको सबैभन्दा धेरै कारोबार हुँदा नेपाल कम्युनिटी डेभ्लोपमेन्ट बैंकका लगानिकर्ताले ९.५२% नाफा सुरक्षित गर्न सफल भएका छन् । आजको बजारमा जोशी हाइड्रोपावर तथा घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ८% भन्दा बढि गुमाउन पुगेका छन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *