संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन: प्रचण्ड

   नयाँ दैनिक comment 0

साउन २५, काठमाडौँ । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले जनतामा आएको राजनीतिक सामाजिक जागरणसहितको परिवर्तनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका छन् । उनले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन्।उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तिनका अगुवाहरू अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताए। ‘इतिहासको चक्का निरन्तर अगाडि बढ्छ,’ उनले भने, ‘पछाडि धकेल्न चाहनेहरू इतिहासको रछानमा मिल्क्याइनेनै गरेका छन्, नेपाल त्यसको अपवादमा हुनै सक्दैन।’उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागिनै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे।यस सम्बन्धि समाचार नागरिक न्युजमा प्रकाशित छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *