संघीयतामा कर्मचारीको समायोजन र अवस्था

   देवीकुमारी पराजुली comment 0

नेपालको संविधानको धारा ३०२ मा ब्यवस्था भएबमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन मध्यान्ह चरणमा पुगेको अवस्था पुगेको छ । स्वेच्छाले समायोजन रोज्ने कर्मचारी करिब ७७ हजार छन् भने करिब १० हजारले समायोजन नचाहेको पनि बुझियो । यद्यपि यसका आधारमा भन्न सकिन्छ–कर्मचारी संघीयतामैत्री नै छन् ।

संघीय शासन व्यवस्थालाई चलायमान बनाई दिगो एवं सफल बनाउन कर्मचारीतन्त्रको भूमिका अतुलनीय रहन्छ । स्थायी सरकारको रुपमा रहेको यो कर्मचारीतन्त्रमा योग्यता, क्षमता, दक्षता र संस्थागत हुन्छ । राज्य संघीयतामा गईसकेको अवस्थामा कर्मचारीले उच्च मनोबलका साथ मुलुकलाई आवश्यक परेको हरेक तहमा गएर सरकालाई सहयोग गर्नु दायित्व हो र नागरिकलाई सेवा गर्न पाउनु हाल कार्यरत सबै राष्ट्रसेवकको लागि अवसर पनि हो ।

संघीय, प्रदेश र स्थानीय निजामती सेवा ऐन नआई समायोजनमा जानुपर्ने अवस्थाले गर्दा हाल संघ, प्रदेश वा स्थानीय तह रोज्ने जोकोही कर्मचारी ढुक्क र उत्साहित छैन । वृत्ति विकासको मुखमा पुगेका कर्मचारीदेखि लोकसेवाको तयारी गरेर बसिरहेका विद्यार्थी समेत अन्यौलतामा छन् ।

संगठनमा आवश्यक पर्ने जनशक्ति संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्दा कामको प्रकृति, सेवाग्राहीको चाप, कार्यालय संख्या, संगठनको भौगोलिक उपस्थिति आदिको पृष्ठभूमिको आधारमा निर्णय लिनुपर्नेमा व्यक्ति विशेषको अनुरोधमा दरबन्दी थपघट गर्ने अत्यन्तै अवैज्ञानिक, केही उच्च प्रशासकको स्वार्थ, चाहना र आफू अनुकुल हुनेगरी गरिएका यस्ता कार्यले कर्मचारीबीच विवाद सिर्जना गराएको छ ।

विधी, पद्धति, प्रक्रिया र कानुनको निष्पक्ष अवलम्वनमा कन्जुस्याईंले गर्दा पनि कर्मचारीमा ढुक्क भएर कार्य गर्ने मनस्थिति पाइँदैन । कुनै तहमा काम नपाएर घाम ताप्तै दिन काट्नुपर्ने त कहीँ कर्मचारीको अभाव खड्किने स्थितिको सिर्जना हुने अवस्था देखिन्छ । समायोजन राजपत्र अंकितको लागि मात्र जस्तो भान पनि भएको छ ।

सेवा शर्तको सुरक्षा, वृति विकासका पथहरुको सुनिश्चितता सहितको प्रतिस्थापन विधेयक (संघीय निजामति सेवा एन), प्रदेश निजामति सेवा ऐन, स्थानिय निजामति सेवा ऐन, छिटो भन्दा छिटो ल्याएर कर्मचारीमा स्थिरता ल्याइ ढुक्क भएर संघीयता मैत्री जनमुखी उत्तरदायी सेवा प्रवाह नै आजको आवश्यकता हो ।

लोकसेवाको प्रतिस्पर्धा बाट छानिएर आएका योग्यत क्षमता दक्षता भएका कर्मचारी नै निजामति कर्मचारी हुन् तर काममा व्यवसाइकता नैतिकता इमान्दारीतामा हास आइरहेको छ । थोरै भ्रष्ट राष्टसेवक र राजनैतिक नेतृत्वका कारणले नेपालको सार्वजनिक प्रशासन र राजनिती बदनाम भइरहेको कुरा नकर्न सकिन्न । मुहान नै सफा नभइ नदिनाला सफाहुन नसक्ने हुदा सफाईको सुरुवात माथिवाट नै हुन जरुरी छ ।

कर्मचारी समायोजनको प्रक्रिया द्रुत गतिले अगाडी बढिरहेको सन्दर्भमा र कर्मचारीले पनि समायोजनमा जाने तत्परता देखाएको अवस्थामा सरकारले छिटोभन्दा छिटो समायोजन प्रक्रिया टुंगो लगाएर लोकसेवाको निरन्तरतालाई अगाडी बढाउन पहल गर्नुपर्ने देखिन्छ ।

अस्थीर मनस्थितिलाइ स्थीर बनाउँदै, संघीयतामैत्री, जनउत्तरदायी, विचारमा शुद्धता, योग्यता, क्षमता, दक्षता, इमान्दारीता, निष्पक्षता, चुस्त, उत्साहीत, प्रभावकारी सेवा प्रवाह सहितको सुधारिएको यही कर्मचारीतन्त्र भोलिको कल्पना हो भन्न सकिन्छ ।

लेखक नेपाल सरकारकी कर्मचारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *