संसारले नेपाललाई तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नपर्ने भएको छ : प्रचण्ड

   नयाँ दैनिक comment 0

फागुण १, काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसारले नेपालमा तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नपर्ने भएको दावी गरेका छन् । २४औँ जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले उनले यस्तो दावी गरेका हुन् ।

जनयुद्ध, शान्ति सम्झौता, हतियार समायोजन, संविधान निर्माण र तीन तहको चुनाव सामान्य परिघटना नभएको भन्दै उनले भने, ‘नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको छ ।’

उनले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे । अहिले दुबै मिलेर मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउनु दुई ऐतिहासिक परिघटना भएको उनको दाबी छ ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले मात्र कार्यक्रममा आउन नसकेको उनले बताए । दुवैको समझदारीबाट देशभर कार्यक्रम तय गरिएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘यसअर्थमा हामीभित्र नयाँ एकताको आधार बनाएको छ ।’ कन्फ्युजन र भ्रम छाडेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरुलाई प्रचण्डले आहृवान समेत गरेका छन् ।

पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *