सञ्चारमन्त्री भन्छन् ‘विष्णु पौडेलको बालुवाटारको जग्गा नक्कली’

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका महासचिव विष्णु पौडेले किनेको भनिएको बालुवाटारको जग्गा नक्कली भएको बताएका छन् ।

बालुवाटारको जग्गा किनबेच सम्बन्धी प्रश्नको जवाफमा मन्त्री बास्कोटाले यस्तो बताएका हुन् । बालुवाटारको जग्गा किनबेच नभएको दावी गर्दै बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा रोक्का राख्ने निर्णय भएको समेत जानकारी दिएका छन् ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सरकारले वास्तविकता बुझेर सत्यतथ्त खोज्ने र दोषी देखिए कोहि पनि उम्कन नपाउने बताए ।

उक्त जग्गा नक्कली परेको र विष्णु पौडेल ठगिएको समेत सञ्चार मन्त्रीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *