सडकमा पाएको २४ हजार पुलिसलाई बुझाए पौडेल र नेपालीले

   नयाँ दैनिक comment 0

माघ १८, पोखरा । पोखरा–१७, ड्यामसाईडका विक्रम पौडेल र पोखरा–३३, लामगादीका सन्तोष नेपालीले सडकमा भेटिएको २४ हजार रुपैयाँ नेपाल प्रहरीलाई बुझाएका छन् । आज शुक्रबार दिउँसो २ बजेतिर उद्योग वाणिज्य संघ कास्कीको कार्यालय भवन, गैह्रापाटन अगाडी सडक किनारामा उनीहरु सो रकम फेला पारेका हुन् ।

सो रकम उनीहरुले जिल्ला प्रहरी कार्यालय, कास्कीमा बुझाएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले सो रकम हराउने व्यक्तिले प्रहरी कार्यालय, कास्कीमा सम्पर्क गरी लैजानुहुन समेत सार्वजनिक अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *