सन्दिप लामिछाने आज हैदरावादसँग खेल्दै

   नयाँ दैनिक comment 0

चैत २१, काठमाडौँ । जारि इण्डियन प्रिमियर लिग टि-२० क्रिकेटमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेलमा नेपाली स्पिनर सन्दिप लामिछानेले दिल्लीको प्लेइङ्ग सेटमा स्थान बनाएका छन् ।

फिरोज शाह कोट्ला रंगशालामा नेपाली समय अनुसार साँझ सवाआठ बजेबाट सुरुहुने खेलमा दिल्लीले हैदारावादलाई पराजित गर्न सके लिगको शिर्ष स्थानमा पुग्ने छ । लिग तालिकामा दिल्ली र हैदरावादको समान ४-४ अंक भए पनि हैदरावाद रनरेटका आधारमा दिल्ली भन्दा एक स्थान माथी छ ।

सन्दिप लामिछानेले जारि सिजन दिल्लीको तर्फबाट ३ विकेट लिन सफल भएका छन् । सुरुवाति २ खेलमा सन्दिपलाई नखेलाउदा दिल्लीले क्रिकेट समालोचकहरुको आलोचना सुन्नु परेको थियो । त्यसपछिका खेलमा भने सन्दिप लगातार टिममा अटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *