सरकारको कदमप्रति कर्मचारी असन्तुष्ट

आन्दोलनमा जाने चेतावनी
   नयाँ दैनिक comment 0

पुस १४, काठमाडौँ । कर्मचारी समायोजनबारे सरकारको कदमप्रति कर्मचारी संगठनले असन्तुष्टि जनाएको छ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशमा भएका प्रावधानहरु समेतको सार्वजनिक नगर्दै सूचना प्रकाशित गर्नु आफैँमा कानुन विपरीत भएको समेत दावी गरेको छ ।
ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही २०७५ पौष १४ गतेसम्म सरकारलाई उपलब्ध गराइएको ७ दिने समय सीमाभित्र माग पूरा नभएमा यस आधिकारीक ट्रेड युनियनले समायोजनमा जाने सम्पूर्ण न्यायप्रेमी राष्ट्रसेवकहरुलाई समायोजनको सम्पूर्ण प्रक्रियामा सहभागी नहुनका लागि आह्वान गर्न वाध्य हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
आ–आफ्नो शैली र तरिकाबाट विभिन्न सेवा, समूह वा व्यक्तिहरुले ट्रेड युनियन आन्दोलनको धरातललाई कमजोर पार्ने गरी अमर्यादित ढङ्गले प्रदर्शन, अवरोध लगायतका गतिविधि नगर्नु, नगराउनुहुन समेत आह्वान गर्दै आधिकारीक ट्रेड युनियनलाई सहयोग गर्न समेत संगठनले अनुरोध गरेको छ । आफूहरुको मागलाई वेवस्ता गरे यसबाट उत्पन्न परिस्थिति र परिणामको जिम्मेवार नेपाल सरकार नै हुने चेतावनी समेत युनियनले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *