सरकारद्वारा हदबन्दीभन्दा बढीको जग्गा जफत गरिँदै

   नयाँ दैनिक comment 0

साउन २६, काठमाडौँ । सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रूपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउन भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विचाराधीन छ ।

व्यक्ति या परिवारका नाममा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा ३८ हजार ३ सय १९ रोपनी अर्थात् २ हजार ८ सय ७८ बिघाभन्दा बढी जग्गाको रिपोर्ट तयार गरेको हो । भूमिसम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार एक व्यक्ति या परिवारले काठमाडौं उपत्यकामा २५ रोपनी, पहाडमा ७० रोपनी, भित्री मधेस र तराईमा १० बिघा मात्र जग्गा राख्न पाउँछन् । व्यक्ति या परिवारले घरबारीका लागि उपत्यका र पहाडमा ५/५ रोपनी तथा भित्री मधेस र तराईमा एक बिघा जग्गा थप राख्न पाउने व्यवस्था छ । उद्योग, प्रतिष्ठान, शिक्षण संस्था, कम्पनी या संस्थाले पनि एक व्यक्ति या परिवार बराबरमात्रजग्गा राख्न पाउँछन् । कान्तिपुर बाट साभार समाचार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *