सरकारले आगो निभाउन पेट्रोल हाल्यो : नेता श्रेष्ठ

   नयाँ दैनिक comment 0

फाल्गुण २९, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका नेता गंगा श्रेष्ठले सरकारले आगो निभाउन आगोमाथि पेट्रोल हालेको आरोप लगाएका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथि सरकारले लगाएको प्रतिवन्धबारे सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै श्रेष्ठले सरकारमाथि यस्तो आरोप लगाएका हुन् । तत्कालीन माओवादी सेनाका डिभिजन कमाण्डर समेत रहेका श्रेष्ठ हाल नयाँ शक्ति पार्टी, नेपालका हेडक्वार्टर सदस्य छन् ।

उनले बुधबार बिहान आफ्नो फेसबुकमा लेखेका छन्, ‘पानी हालेर मात्र अगो निभाउन सकिन्छ, पेट्रोल हालेर होइन । विप्लव समूहमाथि प्रतिबन्ध लगाएर पुत्पुताई रहेको आगोमा पेट्रोल हाल्ने काम गर्यौ । गल्ती गर्यौ सरकार !’ नयाँ शक्तिका पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि मंगलबार राती नै इतिहास दोहोर्याउन खोजिएको हो भन्दै प्रतिवन्धबारे सरकारलाई प्रश्न गरेका थिए ।

विप्लवको पार्टीमाथिको प्रतिवन्धबारेको बहसले यतिबेला सामाजिक सञ्जाल तातेको छ । सिके राउतको सम्मान र विप्लवमाथिको अपमान बेठीक भएको प्रतिक्रिया अधिकांसले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *