सरकारको उर्दी : ‘विप्लव समूहलाई चन्दा नदिनू’

सहयोग गर्नेलाई समेत कानून अनुसार कारबाही
   नयाँ दैनिक comment 0

 चैत १०, काठमाडौँ ।  सरकारले विप्लव समूहलाई आर्थिक सहयोग नगर्न उर्दी जारी गरेको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहलाई चन्दा नदिन अनुरोध सहित आर्थिक तथा भौतिक सहयोग गर्नेलाइ कारबाही गर्ने चेतावनी समेत दिएको छ । यसरी जवर्जस्ती चन्दा मागेमा तत्काल प्रहरीलाइ खबर गर्न पनि मन्त्रालयलको विज्ञप्तिमा जनाइएको छ ।

विप्लव समूहका शीर्षमध्येका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेको भोलिपल्ट विज्ञप्ति जारि गर्दै सरकारले चुप लागेर नबस्ने चेतावनि दिएको छ ।

फाल्गुन २८ मा प्रतिवन्ध लगाउने घोषणा गरेसँगै सरकारले विप्लव समूहका गतिविधि माथी निरन्तर निगरानी गरिरहेको छ । सो समूहबाट सञ्चालित अपराधिक विध्वंसात्मक क्रियाकलापलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग पुर्याउने व्यक्ति, संस्था र त्यस्तो कार्य गर्ने अन्य समूहलाई समेत प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *