सरकारले संविधान क्षतविक्षत बनायोः कृष्णप्रसाद सिटौला

   नयाँ दैनिक comment 0

चैत २६, काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले संविधान क्षतविक्षत बनाउदा पनि पार्टी सभापतिले एक शब्द नबोलेको आरोप लगाएका छन् । मंगलबार काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले सरकारको गतिविधिप्रति पार्टी सभापति चुप बसेको आरोप लगाए ।

अहिले नेपाली काँग्रेस अलमिलिएको बताउँदै सिटौलाले सभापतिले पार्टीलाई सैद्दान्तिक बाटोमा हिडाउन नसकेको आरोप लगाएका हुन् । “नेविसँग कहाँ छ ?” भन्दै प्रश्न गरेका सिटौलाले पार्टीको भातृसंगठन क्षतविक्षत बनाउने तथा आफ्नै कार्यकर्तासँग बोल्न नसक्नेले कम्युनिष्ट सरकारसँग बोल्न नसक्ने बताएका हुन् । 

काँग्रेसभित्र लुछाचुँडी रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिसँग भाग खोजि र एति बढाइदेउ भन्दै हिस्सा मागेको आरोप सिटौलाले लगाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *