सरकारले सेनालाई कमजोर बनाउन खोज्यो : खाँड

   नयाँ दैनिक comment 0

चैत ९, बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली सेनालाई आफू अनुकुल प्रयोग गरेर कमजोर बनाउन खोजिएको आरोप लगाएका छन् । सेनालाई कमजोर बनाउनेगरी सरकारले ल्याएको राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक हुबहु पास हुन नदिने उनले दावी समेत गरे ।

पूर्वरक्षामन्त्री समेत रहेका खाँणले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी प्रधानमन्त्रीले विधेयक ल्याएको भन्दै यसलाई अस्वीकार गर्ने बताएका छन् । राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्वपूर्ण योगदान गरेको नेपाली सेनालाई कमजोर पार्न खोजिए सदन र सडकबाट एकैसाथ आन्दोलन गर्ने उनको चेतावनी छ ।

शनिबार आयोजित एक कार्यक्रममा खाँडले सीके राउतसँग सरकारले अत्यन्तै गैरजिम्मेबार ढंगले सम्झौता गरेको बताए । विप्लव समूहमाथि प्रतिबन्ध लगाएर मुठभेड निम्त्याएको समेत उनको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *