सरकारी नियुक्ति : योगश भट्टराईकी श्रीमति र गिरीराजमणीका भतिजालाई

   नयाँ दैनिक comment 0

माघ २४, काठमाडौँ । सरकारले गरेका दुई वटा नियुक्ति नेता योगेश भट्टराई र गिरीराजमणी पोखरेलको भागमा परेको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल डिनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका आफ्नै भतिजा र नर्सिङ कलेजहरुको नियमन गर्ने निकाय नेपाल नर्सिङ परिषद्मा पनि केही समयअघि योगेश भट्टराईकी श्रीमतीले नियुक्ति पाएका हुन् ।

भट्टराईकी श्रीमती बिन्दा घिमिरे छ महिनाअघि परिषदको रजिष्ट्रार बनेकी हुन् भने विश्वविद्यालयले गत असोज १ गते शिक्षामन्त्रीका भतिजा शैलेशमणि पोखरेललाई मेडिकल डिन नियुक्त गरेको खुलेको छ । उपकुलपति घनश्यामलाल दासको एकल निर्णयबाट पोखरेल डिन नियुक्त भएका हुन् ।

पोखरेल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत भर्खरै सहप्राध्यापक भएका भतिजालाई मन्त्री पोखरेलले उपकुलपतिलाई निकै दबाब दिएको बताइएको छ । सिटिइभिटी तथा विश्वविद्यालयका कार्यक्रममा सबैभन्दा बढी विकृति मौलाएको संस्था पूर्वाञ्चल विश्वविद्यालय र नर्सिङ परिषद् हो ।

भट्टराईकी श्रीमती स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा चार वर्षअघि परिषद सदस्य बनेकी थिइन् । यो कार्यकाल नसकिँदै उनी छ महिना अघि रजिष्ट्रार नियुक्त भएकी हुन् । ‍परिषद भन्दाअघि उनी त्रिवि शिक्षण अस्पतालमा नर्स थिइन् ।  २०७१ सालमा खगराज अधिकारी हुँदा उनी परिषद् सदस्य सिफारिस भएकी हुन् ।

परिषद् विश्वविद्यालय तथा सिटिइभिटीका नर्सिङ कलेजको कार्यक्रमको सिट निर्धारण गर्ने संस्था हो । यही परिषद मातहत सिटिइभिटीका १८९ कलेज छन् । यीमध्ये ६० वटा कलेजको आफ्नो अस्पताल छैन, बिनामापदण्ड चलेका छन् । ८४ वटा कलेजको मापदण्ड पुगेको छैन । भट्टराईकी श्रीमतिले के गर्छिन्, हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *