सर्वोच्च र उच्च अदालतका लागि २३ न्यायाधीश सिफारिस

   नयाँ दैनिक comment 0

चैत १९, काठमाडौँ ।  सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वोच्च अदालत तथा उच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ ।

सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुङ्गाना, उच्च अदालत सुर्तखेतकी उच्च न्यायाधीश शुष्मलता माथेमा, बरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायधीवक्ताहरी प्रसाद फुँयाल र अधिवक्ता डा.मनोज कुमार शर्मा सिफारिस भएका छन् ।

त्यस्तै उच्च अदालतकान्यायाधीशका लागि १८ जना सिफारिस भएका छन् । जसमा कीरण शर्मा, महेन्द्रनाथ उपाध्याय र रमेश ढकाल छन् । उनीहरु बरिष्ठ श्रेणीबाट शिफारिसमा परेका हुन् । उच्च अदालतका लागि न्यायाधीश शिफारिस हुनेमा नीलम पौडेल, राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मदजनेद आजाद, बालमुकुन्द दवाडी र नगेन्द्रलाल कर्ण रहेका छन् ।

अधिवक्ताबाट जिल्ला न्यायाधीशमा सिफारिस हुनेमा जगतबहादुर थापा,सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जल शुक्ला र नवराज थपलीया रहेका छन् । सिफारिस भएका सर्वोच्च र उच्च अदालतका न्यायाधीशहरु संसदीय सुनुवाईबाट अनुमोदन भएपछि नियुक्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *