सलमानले पर्दामा ‘चुम्बन’ गर्दैनन्, किन होला ?

   नयाँ दैनिक comment 0

माघ ९, काठमाडौँ । बलिउड स्टार सलमान खानले चलचित्रको पर्दामा ‘चुम्बनको’ दृश्य दिएका छैनन् । तर आफ्नो चलचित्र करिअरमा धेरै नायिकाहरुसँग रोमान्स गरे । उनले सलमान आफूले चलचित्रमा ‘किस सिन’ नदिने दाबी गर्दै पनि आएका छन् । केही वर्ष पहिले सलमानले भनेका थिए, ‘पर्दामा चुम्बन गर्नेहरु देख्दा अजिब लाग्छ ।’

सलमानले अनस्क्रिन किस नगर्नुको कारण उनका भाइले खुलाइदिएका छन् । कपिल शर्माको शोको नयाँ भागमा पाहुना बनेर सलमान, सलमानका पिता सलिम खान, भाइहरु अरबाज खान र सोहिल खान उक्त शोमा पुगेका थिए । त्यहाँ कपिलले सलमानलाई प्रश्न गरेका थिए, ‘तपाई चलचित्रको पर्दामा किन चुम्बन गर्नुहुन्न ?’ सलमानले बोल्न नपाउँदै उनका भाई अरबाज खानले उत्तर दिए, ‘उहाँले अफस्क्रिन यति धेरै किस गर्नुहुन्छ कि अनस्क्रिन किस गर्नै पर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *