सहिदको सूची प्रधानमन्त्री कार्यालयबाटै गायब

नेता मल्लको माग : ‘जनयुद्धका सहिदलाई तत्काल राष्ट्रिय सहिद घोषणा गर्नुपर्छ ।’
   नयाँ दैनिक comment 0

माघ १६, काठमाडौँ । सहिदको सूची प्रधानमन्त्री कार्यालयबाटै गायव भएको रहस्य खुलेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएलगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला सहिदको सूची राजपत्रमा प्रकाशित नगरेरै प्रधानमन्त्री कार्यालयबाट गायव गरिएको सत्तारुढ नेकपाका नेता रमेश मल्लले खुलासा गरेका छन् ।

स्रोतका अनुसार तत्कालीन मुख्यसचिवले प्रतिपक्षी नेपाली कांग्रेस तथा अरु शक्तिको दवाबमा राजपत्रमा प्रकाशित नगरेर निर्णयलाई लुकाएरै राखेका हुन् । क्याबिनेट निर्णय राजपत्रमा प्रकाशित नगरेमा निर्णयले कानुनी मान्यता पाउँदैन । तत्कालीन मुख्यसचिव डा.भोजराज घिमिरे हुन् ।

सोको खुलासा गर्दै मल्लले सहिदको सूचि गृहमन्त्रालयको कुनै दराजमा थन्किएको समेत बताएका छन् । सरकारको त्यो सूचीलाई राजपत्रमा प्रकाशित गर्ने गरी पुनः निर्णय गर्नुपर्ने उनको माग छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुती दिने महान योद्धाहरुलाई द्वन्द्व पीडितमा सिमित गरिनु दुर्भाग्यपूर्ण छ’ उनले आफ्नो फेसबुकमा लेखेका छन् । अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष मल्लले प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेका थिए ।

यसबारेमा सोध्दा नेता मल्ले भने, ‘पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा हामीले सूची खोज्यौँ । गृहमा भएको कुरा करिब–करिब थाहा भयो । गृहमन्त्री कांग्रेसका नेता बिमलेन्द्र निधि भएकाले त्यतिबेला पनि सहयोग भएन ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *