सांसद चौधरीले आज सपथ लिने, जेलमै फर्किने

   नयाँ दैनिक comment 0

पुस १९, काठमाडौँ । सांसद रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गर्ने भएका छन् । टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१, बाट निर्वाचित भएका थिए । तर, उनले सांसद पदको सपथ खान पाएका थिएनन्।
डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरी सपथपछि संसद भवन होइन, फेरि जेलमै फर्किने बताइएको छ । सभामुख कृष्णबहादुर महराले आफूले प्रधानमन्त्रीको आदेश अनुसार सपथ ग्रहण गराउन लागेको र सपथपछि उनी जेलमै फर्किने जानकारी दिएका छन् । महराले भने, ‘सपथका लागि प्रहरीले लिएर आउँछ र आफैंसँग लिएर जान्छ ।’

टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउने भएका हुन् । सांसद चौधरीको सपथ ग्रहणको लागि सभामुख महरा बिहानैदेखि परामर्शमा लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *