साफ च्याम्पिएनसिप फुटबलमा नेपाल ३-१ ले पराजित

   नयाँ दैनिक comment 0

चैत ८, काठमाडौँ । पाचौँ साफ च्याम्पिएनसिप फुटबलमा नेपाल ३-१ को गोलअन्तरले पराजित भएको छ । उपाधिका लागी भएको खेलमा भारतको तर्फबाट खेल सुरु भएको २६ औं मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग्रता दिलाएकी थिइन् ।

३३ औं मिनेटमा नेपाली खेलाडी सावित्रा भण्डारीले हेडरमार्फत आकर्षक गोल गर्दै खेललाई बराबरी गरे पनि नेपालले खेलमा अग्रता लिन सकेन ।

दोस्रो हाफमा नेपाली डिफेन्सममा भएको कमजोरीको फाइदा लिँदै भारतले ६३औँ मिनेटमा ग्रेस डाङ्मेइले गोल गर्न सफल भइन् भने निर्णायक गोल ७७ औं मिनेटमा अन्जु तामाङबाट भयो ।

यो जीतसँगै भारतले महिला साफ च्याम्पिएनसिपमा नेपाललाई चौँथो पटक हराउन सफल भयो र पाँचौ पटक उपाधि जित्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *