सामुदायिक विद्यालयका विपन्न विद्यार्थीले ‘छात्रवृत्ति’ पाउने

सबै स्थानीय तहभित्रका विद्यालयलाई जानकारी गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह
   नयाँ दैनिक comment 0

माघ ११, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । शिक्षा मन्त्रालयले मिति २०७५ पुस २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र पठाएर सोबारे स्थानीय तहमा जानकारी दिन अनुरोध समेत गरेको थियो ।

सोही आधारमा सामान्य प्रशासन मन्त्रालयको योजना तथा अनुगमन शाखाको च.नं ४३० को पत्र सबै स्थानीय तहलाई पठाइएको छ । शाखा अधिकृत कमल प्रसाद दाहालले गत माघ ८ गते एक विज्ञप्ति जारी गर्दै सोको जानकारी गराइदिनुहुन सबै स्थानीय तहलाई आग्रह गरेका हुन् ।

विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिको विपन्न वर्ग पहिचान गरि सोको आधारमा प्रदान गरिने छात्रवृत्ति कोषको लागि सबै सामुदायिक विद्यालयहरुले धधध।ष्झष्क।मयभ।लउ बाट अनलाइन फाराम भराउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *