‘सालको पात टपरी हुनी..’ सुपरहिट

   नयाँ दैनिक comment 0

‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको !
तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको….!’

पछिल्लो समयमा भाइरल बनेको गीत हो यो । यो गीत बच्चादेखि वृद्धसम्मले रुचाएका छन् । बिहे, पार्टी र दोहोरी साँझमा मात्रै होइन, सर्वत्र यही गीत बजेको सुनिन्छ । तिहारको देउसी–भैलोमा यही गीत घन्कियो । मंसिरका बिहे र पार्टीमा समेत यही गीतमा गाउने र नाच्ने गरेका देखिए लोक गीतका पारखीहरु ।

युट्युबमा यो गीत डेढ करोडभन्दा बढी हेरिएको छ । लोक दोहोरी गीतको इतिहासमै यो पहिलो रेकर्ड हो । यो गीतले नयाँ रेकर्ड मात्रै राखेन, आफ्नै रेकर्ड पनि ब्रेक गरिरहेको छ । गोर्खाली लोक दोहोरी गायक कुलेन्द्र विश्वशर्माको लय तथा शब्दको यो गीतलाई विष्णु माझीको स्वरले झनै सुमधुर बनाएको छ । बसन्त थापाले उत्कृष्ट संगीत भरेर सुनिरहुँजस्तो बनाएका छन् गीतलाई ।

यो गीतले मनोरञ्जनसँगै सन्देश पनि दिएको छ । पछिल्लो जेनेरेसनमा सालको पातबाट टपरी बन्छ भन्ने उति थाहा छैन । यसले दुना–टपरीमार्फत हाम्रो मौलिक संस्कृति समेत झल्काएको छ । नेपाली समाजमा हुने अनेक खाले हल्लाको पछि लाग्नु हुँदैन भन्ने सन्देश पनि गीतले प्रदान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *