सिंहदरबारको जग्गा अतिक्रमण : कसरी मिच्चियो ?

   नयाँ दैनिक comment 0

बैशाख १९, काठमाडौँ । ०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपर्थ्यो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएकाले उनीहरुले गुरुयोजना नै उल्ट्याउन लगाएर सिंहदरबारको मात्र जग्गा मिचे र सडक बनाउन लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *