सिके राउतले पार्टीको नाम फेरे, नयाँको नाम ‘जनमत पार्टी’

   नयाँ दैनिक comment 0

चैत ४, काठमाडौँ । सिके राउतले पार्टीको नाम फेरेका छन् । स्वतन्त्र मधेशको माग राख्दै राजनैतिक क्रियाकलाप गर्दै आएका राउतले नयाँ पार्टीलाई ‘जनमत पार्टी’ नाम दिएका छन् । सिराहा लाहानमा बसेको राष्ट्रिय परिषदको बैठकले पार्टीको नाम परिवर्तन गरेको हो ।

जारी विज्ञप्तिमा गत चैत्र २४ गते सरकारसँग गरिएको ११ बुँदे सहमतीलाइ ऐतिहासिक तथा मधेशि जनताको लागि अभूतपूर्व उपलब्धी भएको दावी गरिएको छ । साथै राष्ट्रिय परिषदले पार्टीको झण्डा, लोगो तथा चुनाबचिन्हबारे पनि निर्णय गरेको छ ।

विज्ञप्तिमा पार्टीको केन्द्रीय कार्यकारीणी सदस्यको लागि ३५ जनाइएको छ । अध्यक्षमा राउत आफैँ रहेका छन् ।

पार्टी गठनसँगै जनमत जुटाउनका लागी जनतामा जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताप्रति समर्पित हुने दावी सो पार्टीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *