शिवम् सिमेन्टको सेयर कारोबार खुल्ला

   नयाँ दैनिक comment 0

चैत्र ७, काठमाण्डौँ । शिवम् सिमेन्ट उद्योगको सेयर कारोबार आजदेखी नेप्सेमा खुलेको छ । नेप्सेबाट ‘एसएचआईभीएम्’ कोड पाएको शिवम् सिमेन्टको पहिलो कारोबारको लागी ओपन रेन्ज भने १६१ रूपैँया ६०पैसा देखी ४८४ रूपैँया ८४ पैसा तोकिएको छ ।

शिवम् सिमेन्टको आइपीओ फागुन २२ गते बाँडफाँट भएको थियो भने यसमा ५ हजार २२० कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको थियो  । यसभन्दा माथि १ लाख कित्तासम्म आवेदन दिएका सबैलाई ५ हजार ६४० कित्ताका दरले सेयर दिइएको थियो । बाँकी रहेको ११५ कित्ता सेयर ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्ये गोलाप्रथाबाट ११ जनालाई १० कित्ता थप गरि नेप्सेमा सिवमको सेयर ४ करोड ४० लाख कित्ता सूचिकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *