सुडानमा सैन्य ‘कू’ गर्ने रक्षामन्त्रीले दिए राजीनामा

   नयाँ दैनिक comment 0

चैत ३०, काठमाडौँ । सुडानमा लामो समयदेखि सत्ता चलाइरहेका ओमर अल बासिरलाई अपदस्थ गरेका सुडान सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफले राजीनामा दिएका छन् ।  अवाद औफले यो निर्णय त्यहाँको सरकारी टिभीमा दिएको एक वक्तव्यमा सुनाएका हुन् । अब सुडानको नेतृत्व अब्देल फताह अब्देलराहमान बुह्रानले सम्हालेका छन् ।

सेनाले राष्ट्रपतिलाई अपदस्थ गरि गिरफ्तार गरेपछि सुडानमा केही दिनयता विरोध प्रदर्शन सुरु भएको छ । विरोध गर्नेहरुले सडक छोड्न नमानेपछि अवाद औफले राजीनामा दिएका हुन् ।  त्यहाँको सेनाले आफूहरु दुईवर्ष सत्तामा बस्ने जनाएको छ । दुई वर्षपछि सुडानमा निर्वाचन गर्ने सेनाले जनाएको हो । गत डिसेम्बरमा बासिरको विरोध गर्दै सुडानमा प्रदर्शनहरु भएका थिए । त्यसयता त्यहाँ ३८ जनाको मृत्यु भइसकेको छ । 

बिहिबार बासिरलाई सत्ताबाट हटाएपछि सेनाले त्यहाँको सत्ता सम्हाल्ने घोषणा गरेको थियो । तर, बिहिबारबाट नै सुरु भएको प्रदर्शनका कारण सेना प्रमुखले तत्काल राजीनामा दिएका हुन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *