सुरक्षा संयन्त्र भन्छ, ‘विप्लव कहिले सिन्धुलीको बस्तीमा बस्छन्, कहिले जंगलमा’

   नयाँ दैनिक comment 0

चैत ४, काठमाडौँ । विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँचभित्र नै रहेको दाबी गरेको छ ।

हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहनुभएको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ ।

केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहाँहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *