बैशाख २२, काठमाडौँ । राष्ट्रिय सूचना आयोगले गोपनीयताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सुझाव दिएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी गोपनीयताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई आग्रह गरेका हुन् ।
आइतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै उनले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको सपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोमा उनले आपत्ति समेत जनाए ।
प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि सबै नागरिकलाई आह्वान गरेका छन् ।