सेयर बजारमा नयाँ रौनक छायो

   नयाँ दैनिक comment 0

चैत २५, काठमाडौँ । विगत लामो समयदेखि ओरालो लागिरहेको सेयरबजारमा रौनक छाएको छ । सोमबार नेप्सेमा कारोबार रकम बढ्नुका साथै नेप्से परिसूचक पनि करीब १२ सयको बिन्दुमा पुग्न खोजेको छ । 

नयाँवर्ष सुरु हुन लाग्दैगर्दा बजारमा आएको यो सकारात्मक परिवर्तनले लगानीकर्ताको मनोबल उच्च देखिएको छ । सोमबार पनि कारोबार रकममा वृद्धि हुनुका साथै नेप्सेमा सुधार हुने क्रम जारी छ भने प्राय सूचकाङ्कहरु हरियो भएका छन् । यो समयमा धेरै सूचिकृत कम्पनीहरुको मूल्य कम भएको तथा ती कम्पनीहरुले बोनस तथा लाभांश पनि वितरण गरिसकेकाले खरिद बिक्रीमा सुधार भएको हो । 

आज नेप्से सूचक हिजोको भन्दा ९.३२ अंकले बढेर ११९१.६८को बिन्दुमा पुगेको छ । होटल र अन्य समूहबाहेक सबै समूह हरियो भएका छन् । वाणिज्य बैंक समूहको मात्रै ५८ करोड बराबरको कारोबार भयो । साथै सेयर कित्ता कारोबार पनि हिजोकोभन्दा वृद्धि भएर  २९ लाख ५१ हजार ४७८ कित्ता सेयर खरिदबिक्री भई जम्मा  ९० करोड ६९ लाख रकम कारोबार भयो, जुन हिजो आइतबारको कारोबार रकमभन्दा ३६ करोड ३० लाख  बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *