सेवामा सम्झना : विद्यार्थीलाई स्यानेटरी प्याड वितरण र प्रशिक्षण

   नयाँ दैनिक comment 0

माघ २३, काठमाडौँ । अघिपछि विद्यार्थीलाई संगठनमा आवद्ध गराउन शैक्षिक संस्थामा पुग्ने नेतृ सम्झना खनालले आज भने विद्यालयमा पुगेर फरक भूमिका निर्वाह गरेकी छिन् । वेलकम विमेन हुड (Welcome Womenhood ) एम्बेसडर खनालले काठमाडौको किर्तिपुरमा रहेको बालकुमारी माध्यमिक विद्यालयका छात्राहरुलाई नि:शुल्क स्यानेटरी प्याड वितरण गरिन् ।

वेलकम विमेन हुडको सहयोगमा उनले त्यहाँ अध्यनरत छात्राहरुलाई १ सय २० पिस सेनेटरी प्याड वितरण गरेको बताइएको छ । त्यस अवसरमा महिनावारी भएको बेला आफ्नो सरसफाई कसरी गर्ने भन्ने बारेमा छात्राहरुलाई जानकारी प्रशिक्षण दिइएको थियो ।

उनले त्यस विद्यालयमा अध्यनरत कक्षा ६ देखी ९ सम्मका छात्राहरुलाई पछिल्लो समय किशोरीहरु बलात्कृत हुने क्रम बढेको भन्दै त्यस विषयमा पनि प्रशिक्षण दिएकी थिइन् । किशोरीहरुलाई आफू बलात्कृत हुनबाट जोगिने उपाय समेत सिकाइन् ।

खनालले २०७२ सालमा नेपालमा गएको भूकम्पमा परी अभिभावक गुमाएका तीन जना विद्यार्थीलाई छात्रबृत्तिका लागि पहल गरिरहकी छिन् । सकेसम्म वेलकम विमेन हुडबाटै उनीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न पहल भइरहेको उनले जानकारी दिइन् । सोका लागि वेलकम विमेन हुडका अध्यक्ष अनिता सिलवालसँग छलफल भइरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *