स्याङ्जा–तनहुँ जोड्ने मोटरेबल पुल बनाएर नभ्याउँदै लच्कियो

   नयाँ दैनिक comment 0

बैशाख १७, पोखरा । स्याङ्जा र तनहुँ जोड्ने मोटरेबल पुल बनाएर नभ्याउँदै लच्किएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ र तनहुँको घिरिङ गाउँपालिका–१ को बैँडी जोड्ने मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न नहुँदै लच्किएको हो ।

सन्तोषी नागार्जुनदेवी चितवनले २०७२ असार २८ गतेभित्र निर्माण सक्ने गरी २०७० असार २८ गते मैदीखोला पुलको ठेक्का लिएको थियो । तर, अहिले २०७६ साल लागिसक्दा पनि पुल बनेको छैन ।

सडक डिभिजन कार्यालय पोखराका अनुसार निर्माण सक्नुपर्ने समय गुजारेको ठेकेदार कम्पनीको लापरबाहीले पुल १५ सेन्टीमिटर लच्किन पुग्दा अहिले पुनः भत्काउनुपर्ने अवस्था आइपरेको छ ।

नयाँ प्रविधिबाट निर्माण गर्न लागिएको सो पुलको बिम ढलान गरिसकेपछि टुचन प्रयोग गरी १४ दिनपछि लोड तान्नुपर्ने पुलमा समयमा कामै नगरिँदा यस्तो अवस्था आएको बताइएको छ ।  पुल निर्माण गरिसक्ने बाचासहित २०७२ पुस २० गतेसम्मका लागि म्याद थप गरेको कम्पनीले अहिले निर्माण नै अलपत्र पारेको छ ।

५ करोड ८६ लाख ९३ हजार रुपैयाँ इन्जिनियरिङ इस्टिमेट गरिएको पुलको ३ करोड ५६ लाख ९३ हजार रुपैयाँमा उज्जवल कडेंलको कम्पनी सन्तोषीले ठेक्का हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *