स्ववियु चुनाव जेठमा प्रस्ताव

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसक्दा आउदो जेठ दोस्रो साता स्ववियु चुनाव गर्न प्रस्ताव गरेको छ । 

बिहीवार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलका क्रममा परीक्षा लगायतका कार्यक्रम नभएकाले जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्नु उपयुक्त हुने धारणा आएको थियो । 

स्ववियु निर्वानच गर्न भनि त्रिविले बोलाएको छलफलमा नेकपा सम्बद्ध अनेरास्ववियु र अनेरास्ववियू अखिल (क्रान्तिकारी) तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

यसैगरी नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, राजपा निकट विद्यार्थी संगठन, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रविसं, राप्रपा संयुक्त निकट राप्रविसं (संयुक्त), आदिवासी जनजाति विद्यार्थी महासंघ र नेपाल प्रगतिशिल विद्यार्थी युनियनका प्रतिनिधि बैठकमा सहभागी थिए ।

उक्त बैठकमा नेपाल विद्यार्थी संघबाट भने कोहिपनि उपस्थित नभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *