स्वार्थी तत्व सक्रिय भए : प्रधानमन्त्री

   नयाँ दैनिक comment 0

माघ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्वार्थी सरकारका विरुद्ध सक्रिय भएको बताएका छन् । त्यस्ता स्वार्थी तत्वले जनतामा निराशा फैलाउन थालेको उनको भनाई छ ।

गृह मन्त्रालयमा सोमबार आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न सबैसँग अपिल पनि गरेका छन् ।

नेपालमा वैदेशिक लगानी भित्रिन नदिन चैत्र दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको भन्दै यस्तो गर्नेलाई सहन नसक्ने चेतावनी समेत दिए ।

जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतालाई निराश बनाउन अनुचित र अनुपयुक्त प्रयास भइरहेको उनको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *