हिजोकै तरिकाले द्वन्द्वमा जान खोजे देशकै अस्तित्व समाप्त हुन्छ : देव गुरुङ

   नयाँ दैनिक comment 0

चैत २३, काठमाडौँ । सत्तारुढ दल नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले हिजोकै तरिकाले द्वन्द्वमा जान खोजे देश नै असफल हुने बताएका छन् । रिपोटर्स क्लवको कार्यक्रममा बोल्दै नेता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई नभई उसका गैह्रकानुनी गतिविधिमाथि मात्रै नियन्त्रण गरेको समेत स्पष्ट पारे ।

विदेशी शक्तिहरुबीच टकराव चलिरहेका बेला आन्तरिक द्वन्द्वमा हिजोकै तरिकाले जान खोजियो भने देशकै अस्तित्व समाप्त हुने उनको चिन्ता थियो । प्रजातन्त्रका लागि गरिएको संघर्ष र अहिलेको अवस्था भिन्न रहेको बताउँदै गुरुङले विगत र वर्तमानलाई तुलना नगर्न आग्रह समेत गरेका छन् ।

गुरुङले भने, ‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *