हेटौँडाको बाटोको मापदण्ड १६ मिटर हुने

   नयाँ दैनिक comment 0

फाल्गुण ५, काठमाडौँ । हेटौंडाको मुख्य बजारका बाटाको मापदण्ड अब १६ मिटर हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजमार्ग क्षेत्र १६ मिटर कायम गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।

बैठकले बाइपास सडकलाई राजमार्गको रुपमा विकास गर्नका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । बाइपास सडक निर्माणका लागि प्रदेश ३ सरकारले चालु आर्थिक बर्षमा पाँच करोड रुपैयाँ छुट्याएको छ । यो रकमबाट खर्च गर्ने गरी डिपीआर बनाउने काम अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ पर्ने हेटौंडाको सडकमा सडक डिभिजन कार्यालयले नियमअनुसार २५ मिटर सडक क्षेत्र कायम गर्न धेरै पटक गरेको प्रयास असफल हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *