हेलिकोप्टरमा सवार मन्त्री अधिकारी सहित सबैको निधन, कोको थिए ?

   नयाँ दैनिक comment 0

फाल्गुण १५, काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा सबैको निधन भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । मन्त्री अधिकारीसहित उनीसँग ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

घटना थाहा पाएपछि हेलिकोप्टर खोज्न प्रहरी टोली परिचालन भएको थियो । घटनापछि प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए । अन्य एकजना यात्रुको भने नाम खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *