होलीमा जथाभावी रंग दले प्रहरीले तत्काल पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउने

   नयाँ दैनिक comment 0

चैत ५, काठमाडौँ । होलीमा इच्छाविपरित रंग वा लोला हाने प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने भएको छ । बुधबार मनाइने होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ । प्रहरीका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने छ ।

कसैले इच्छा विपरित रंग दले वा लोला हाने प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न समेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *