१० महिनापछि फेरि कामदारलाई मलेसिया जाने बाटो खुल्यो

   नयाँ दैनिक comment 0

चैत १७, काठमाडौँ । सरकारले झण्डै १० महिनापछि मलेसियामा  पुन: कामदार पठाउन सुरु गर्न लागेको छ । कलिङ भिसा आएका कामदारलाई सरकारले मलेसिया जान श्रम स्वीकृति दिन थालेको हो ।

मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लिएर ठगिएको भन्दै गत जेठ १२ गतेबाट सरकारले मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । वैदेशिक रोजगार विभागले श्रम कार्यालयलाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको विभागले जनाएको छ ।

श्रम समझदारीपछि पनि कलिङ भिसा आएकाहरुलाई पनि मलेसियाका लागि श्रम स्वीकति दिइएको थिएन । सरकारले कलिङ भिसा आएका कामदारको विवरण म्यानपावरहरुसँग मागेको थियो । स्रोतका अनुसारव्यवसायीले ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएका छन्।

अब पहिलो चरणमा ती कलिङ भिसा आएका कामदारलाई पठाएर मलेसियामा खोल्ने तयारीमा सरकार छ । अब संस्थागततर्फबाट भिसा आइसकेकाहरु पनि मलेसिया उड्न पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *