१० महिनामा २ खर्बको पेट्रोलियम पदार्थ आयात

   नयाँ दैनिक comment 0

जेठ १२, काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । जारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको हो ।

मुलुकमा आयात हुनेमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

बढ्दो विलासीताले सवारी साधनको प्रयोग बढेसँगै बजारमा इन्धनको खपत वृद्धि हुँदै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *