१५ मिनेटमै हेलिकोप्टर जलेको थियो

   नयाँ दैनिक comment 0

फाल्गुण १६, काठमाडौँ । बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए ।

तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’ मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको थियो । तत्कालै हेलिकप्टर लिएर घटनास्थल पुग्दा दुर्घटनाग्रस्त हेलिकप्टर जलेर नष्ट भइसकेको थियो ।

हेलिकप्टरमा सवार सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्बिर खिच्नुको विकल्प थिएन । अन्नपूर्णमा समाचार प्रकाशित छ ।
(सिम्रिक एयरका पाइलट खड्कासँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *