२२ गतेबाट मजदुरले हड्ताल गर्ने

   नयाँ दैनिक comment 0

माघ १९, काठमाडौँ । रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णयको विरोध गर्दै मजदुरहरुले २२ गतेबाट रेष्टुरेन्टहरुमा हड्ताल गर्ने भएका छन् । सो निर्णय फिर्ता लिन माग गर्दै मजजुर संगठनहरु आन्दोलित मजदुरहरुले रेवानको निर्णय जलाएका थिए ।
संघर्षका ३ बुँदा कार्यक्रम घोषणा गर्दै उनीहरुले भोलि २० गते ४ बजे देशव्यापी कोणसभाहरु गर्ने बताएका छन् । प्रतिष्ठानस्तरका सबै खालका विरोधका कार्यक्रमहरु सञ्चालन गर्ने, रेवानलाई सार्वजनिक रुपमा बहिष्कार गर्ने, सेवा शुल्क हटाउने रेष्टुरेन्टहरुलाई सञ्चालनमा रोक लगाउने आदी कार्यक्रम हुने बताइएको छ । खेमराज खड्का, सूर्यवहादुर कुँवर र माधव पाण्डेद्वारा संयुक्त जारी विज्ञप्तिमा आन्दोलन कार्यक्रम घोषणा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *