सदनमा गगनले कामना गरे – ‘हाम्रो कल्याण पशुपतिनाथले गरुन् !’

   नयाँ दैनिक comment 0

बैशाख २३, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सदनमा बोल्दै सरकारलाई ६ प्रश्न तेर्स्याएका छन् । सरकारे नीति तथा कार्यक्रम अलमलिएको निवन्धजस्तै भएको आरोप लगाउँदै थापाले यसबारे आफ्नो थप टिप्पणी नभएको बताए ।

प्रश्न राखिसकेपछि उनले प्रश्नको उत्तर नआउने बरु गाली आउँछ भन्नेमा आफू जानकार रहेको भन्दै व्यंग्य गरे । प्रधानमन्त्री कार्यालयको लेटर प्याड प्रयोग गरेर आफ्नो चुनाव क्षेत्रमा योजनाहरु पार्न योजना आयोगलाई पठाएको पत्रको फेहरिस्त र नीति तथा कार्यक्रम हेरेपछि एउटै सुझाव दिन मन लागेको भन्दै सांसद थापाले भने, ‘अब ‘समृद्ध नेपाल सुखी नेपाली’ होइन ‘समृद्ध दमक सुखी केपी ओली’ भन्ने नारा लगाओस् । सुखी हुन नपाउने हामीहरुको भने श्री पशुपतिनाथले कल्याण गरुन् ।’

यी हुन् थापाले तेर्स्याएका ६ प्रश्न :

१. यो वर्ष तपाईंको सरकारले संसदलाई आदेश दियो, अदालतलाई तर्सायो, संवैधानिक आयोगलाई गिजोल्यो । के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ?

२. चालु वर्षमा तपाईको सरकारले नागरिकको आधारभूत स्वतन्त्रता खोस्न कानुन बनाउने प्रयास ग¥यो । भएको कानुनको पनि दुरुपयोग ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

३. राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न उक्सायो । राष्ट्रपतिको संस्थालाई बदनाम गराउने काम ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

४. संघीयता कार्यान्वयनका निम्ति बनाउने पर्ने कार्यक्रम बनाए । आवश्यक कानून बनाएन, नियम बनाएन, कर्मचारी पठाएन । स्रोत र साधान मुठ्ठी कसेर राख्यो तर आदेश भनेर दियो । मुख्यमन्त्रीलाई अञ्चलाधीश जस्तो, स्थानीय तहलाई विभाग जस्तो व्यवहार ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

५. भ्रष्टाचार गर्दै गर्दिनँ । हुन पनि दिन्न । भयो भने विद्या नस्ट भनेर कसम खायो । तर, एकसे एक काण्डहरुमा प्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित गर्ने गरी पहिल्यै फैसला सुनाउनुभयो, यो दोषी यो निर्दोषी भनेर । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

६. शासकीय क्षमता बढाउन गर्नुपर्ने संरचनागत प्रक्रियागत सुधारहरु केही पनि नगर्ने तर, चटकहरुबाट चमत्कार हुन्छ भन्ने ठानिरहने तपाईंको सरकारले गरेको यो वर्षको नीतिलाई आउँदो वर्ष पनि निरन्तरता दिनेछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *