माघ २२, काठमाडौँ । पछिल्लो समय नयाँ रेकर्ड बनाउन सफल लोक दोहोरी गीत ‘सालको पात टपरी हुनी’ का संगीतकार बसन्त थापाले आफूमाथि प्रहार हुँदा पनि लोकदोहोरी प्रतिष्ठान मौन रहेको भन्दै चर्को असन्तुष्टि पोखेका छन् ।
उनले प्रतिष्ठान आफू मर्दा मलामी जानेमा समेत शंका व्यक्त गर्दै फेसबुकमार्फत प्रतिष्ठानमै नरहेको घोषणा समेत गरे । नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार थापाले प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका हुन् ।
उनले सोमबार राति फेसबुकमा लेखेका छन्, ‘लोक गित को सर्जकलाई पल पल आक्रमण भईरहदाँ मौलिकतामाथि प्रहार भैरहँदा प्रतिष्ठामाथि गालि बर्षिदा पनि टुलुटुलु हेरिरहने हरू म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ त्यसैले आजैको मितिले राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’
फेसबुकबाटै दुई बुँदे संकल्प गर्दै दोस्रो बुँदामा उनले लेखेका छन्, ‘‘यस्तो सृजना गर्न मन छ जसमा आवाज रवि ओडको होस् र माया करोडको होस् गाली गर्ने हरू लाई बारबार पश्चताप होस् ।’