‘2019’ लाई स्वागत, सबैलाई शुभकामना !

नेपालीभन्दा अंग्रेजी पात्रो ५७ वर्ष कान्छो
   नयाँ दैनिक comment 0

पुस १७, काठमाडौँ । आजबाट अंग्रेजी नयाँ वर्ष २०१९ सुरु भएको छ । संसारभर नै बढी प्रचलनमा आएको अंग्रेजी पात्रो अनुसार आज नेपाली महिनाको पुस १६ सकिएलगत्तै सन् २०१९ पनि सुरु भएको हो । विदेशमा बस्ने नेपालीका लागि अंग्रेजी नयाँ वर्षको महत्व बढी छ र उनीहरुले नयाँ वर्षमा खुसीयाली मनाएका तस्विरहरु पनि सामाजिक सञ्जालमा राखिरहेका छन् ।
नेपालका पर्यटकीय शहरहरुमा विदेशी पर्यटक र नेपालीहरुले पनि अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । पोखराको लेकसाइड, काठमाडौँको ठमेल, चितवनको सौराह, तनहुँको बन्दिपुरलगायत विदेशी पर्यटकको चाप हुने बजारहरुमा नयाँ वर्ष हर्षोल्हासका साथ मनाइएको छ । नेपालीभन्दा अंग्रेजी पात्रो ५७ वर्ष कान्छो हो ।
नयाँ वर्ष 2019 लाई हार्दिक स्वागत ! सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *