यस्तो छ आजको मौसमबारे पूर्वानुमान

   नयाँ दैनिक comment 0

माघ २५, काठमाडौँ ।  हिजोदेखि देशैभर निरन्तर पानी परिरहेको छ । मौसमविदहरुले बिहीबारबाट शनिबारसम्म निरन्तर पानी पर्ने घोषणा पहिले नै गरेका थिए । यसबाट धेरैलाई लागेको थियो, पानी निरन्तर परिरहेपछि चिसो अत्यधिक बढ्ने छ र जनजीवन नै प्रभावित हुनेछ ।

तर जति सोचिएको थियो, त्यति धेरै चिसो महसुस गरिएको छैन । मौसमविद शान्ति कँडेलका अनुसार आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ र ठिहिर्याउने खालको चिसो हुँदैन ।

बुधबार र बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियसको हाराहारीमा छ । शुक्रबार बिहान साढे ६ बजेको न्युनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस छ । आठ डिग्री न्युनतम तापक्रम हुँदा ठिहिर्‍याउने चिसो हुँदैन ।

दिउँसोको बेला केहीबेर बादल हट्ने र हल्का घाम लाग्ने हुँदा बिहान–बेलुकाको तुलनामा चिसो बढ्छ । शुक्रबार पनि दिउँसो एकछिन बादल खुलेजस्तो हुने र फेरि बदली हुने मौसमविदको अनुमान छ ।

मौसमविद भन्छन्, ‘बादल नहुँदा सर्र्फेबाट सोलार रेडिएसन एटमोसफेयरमा ब्याक हुन्छ, जसले गर्दा जमिन चिसो हुन्छ र न्यूनतम तापक्रम कम हुन्छ । तर बादल लागेपछि सर्र्फेबाट एटमोसफेयरमा जाने सोलार रेडिएसन ट्र्याप भएर बस्छ । बादलले ग्रिनहाउस जस्तो काम गर्छ । त्यहीभएर न्यूनतम तापक्रम बढ्छ र धेरै चिसो हुँदैन ।’

पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको छ ।

पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायु पूर्वतर्फ सर्दै आइरहेको छ । शनिबार पश्चिम नेपालमा अलिकति मौसम सफा हुने छ । मध्य नेपालमा भने दिनभरी नै बदली हुनेछ । मध्य भागमा शनिबार कहिले घाम लाग्ने, कहिले बादल लाग्ने हुन्छ तर बिहीबार जस्तो निरन्तर वर्षा चाहिँ हुँदैन । पूर्वमा चाहिँ शुक्रबार र शनिबार नै पानी पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *