शोकलाई शक्तिमा बदल्नैपर्छ : प्रचण्ड

   नयाँ दैनिक comment 0

फाल्गुण २३, काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शोकलाई शक्तिमा बदल्नैपर्ने बताएका छन् । एकपछि अर्कोको निधनले पार्टीले ठूलो क्षति बेहोरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘रोयर पीडा मात्रै व्यक्त गरेर बस्न हुँदैन । बस्न सकिँदैन । नयाँ संकल्प गर्ने र दिवंगत भएकाहरुको सपना पूरा गर्ने संकल्प गर्ने गर्नुपर्छ ।’

हेलिकोप्टर दुर्घटना र उपचारको क्रममा निधन भएका नेता लगायतको सम्झनामा नेकपाले शुक्रबार काठमाडौंमा गरेको श्रद्धाञ्जली सभामा प्रचण्डले भने, ‘दिवंगत व्यक्तित्वहरुका र पार्टीका नेताहरुका परिवारका सदस्यहरुलाई विशेषरुपले पार्टीका तर्फबाट अनुरोध गर्न चाहन्छु । तपाईंहरुले शोकलाई शक्तिमा बदल्ने संकल्प लिनैपर्छ । आम नेपालीले तिखो आँखाले हेरिराखेका छन् ।’

प्रचण्डले इतिहासमा सबैले गरेको योगदानलाई कदर गर्ने गरी जनअपेक्षाअनुसार सरकारले छिटो छिटो आर्थिक विकास र सुशासन दिन सक्नुपर्नेमा आवश्यकता औँल्याएका छन् । ‘अहिलेको जस्तो अवसर अवसर सधैँ पाइँदैन । ७० वर्ष देखिको त्याग तपस्या पछि एउटा राजनीति स्थिरताको वातावरण बनेको छ’ उनले भने, ‘जनअपेक्षा अनुसार छिटो भन्दा छिटो विकासलाई, शुसासनलाई, संस्कारलाई गति दिने दाइत्व हाम्रो काँधमा छ ।’

अध्यक्ष प्रचण्डले फागुन महिना श्रदाञ्जली समाभा नै विताए जस्तो हुन गएको बताए । ‘फागुन महिना धेरै जसो श्रदाञ्जली सभामा नै बिताए जस्तो हुन गएको छ र आज बिहान मात्रै पनि फेरि एकजना जिम्मेवार नेता गणेश पण्डितलाई पनि श्रद्धाञ्जली व्यक्त गर्यौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *