राजपाले आज पनि संसद बैठक अवरुद्ध गर्यो

   नयाँ दैनिक comment 0

चैत १०, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले आजको संसद वैठक पनि अवरुद्ध पारेको छ । मधेस आन्दोलन लगायत अरु आन्दोलनमा भएको घटनाहरुको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्व-न्यायधीश गिरीशचन्द्र लाल नेतृत्व रहेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद वैठक अवरुद्ध गरेको हो ।

राजपाका नेता लक्ष्मणलाल कर्णले सरकारले पटक-पटक प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन गरे पनि नगरेकाले संसद वैठक अवरुद्ध गरेको बताएका छन् ।

राजपाको बिरोध पछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *