चार घण्टाभित्र एसईईको प्रश्नपत्र रुजु गर्न शिक्षामन्त्रीको निर्देशन

   नयाँ दैनिक comment 0

चैत १५, काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं २ मा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको बारे ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएका छन् । बिहीबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो भने आज सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको छ । आज मात्रै प्रदेश नं २ मुख्यमन्त्री कार्यालयमा प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।

प्रदेश नं २ अन्तर्गतका सबै जिल्लामा विद्यार्थीहरु आन्दोलित भएका छन् भने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारका शिक्षामन्त्रीको राजिनामा मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *