खानेकुरालाई पागल नबनाउन किसानसँग प्रधानमन्त्रीको आग्रह

   नयाँ दैनिक comment 0

चैत १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेकुरालाई पागल नबनाउन कृषकसँग आग्रह गरेका छन् । कल्चर गर्ने नाममा जेलाई पनि पागल बनाउने गरिएकोमा चिन्ता व्यक्त गर्दै ओलीले अर्गानिक अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

‘आजकल कल्चर गर्ने, के गर्ने नाममा खानेकुरालाई खानेकुरा रहन नदिने, सानो फल्ने सुन्तलालाई फर्सी जत्रो बनाइदिने, मुलालाई पनि पागल बनाइदिने, लौकालाई पनि पागल बनाइदिने गर्छौं’ ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।

‘हिजोको आज ठूलो भइराखेको हुन्छ । उसले आफ्नो उमेर विर्सिएर, साइज बिर्सिएर पागल हुन्छ । त्यो हामीले खाँदा कहाँ स्वस्थ्कर हुन्छ ? त्यसकारण अर्गानिक भनेको हौं । विकास गर्नुपर्छ, ठूलो फलाउनुपर्छ तर, स्वस्थ फलाउनुपर्छ ।’ उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले थोरै तर अर्गानिक उत्पादन गरे पनि अरुले भन्दा राम्रो मूल्य लिन सकिने बताए । उनले भने, ‘तिम्रा देशको जस्तो पागल बनाएको होइन, सद्दे फलफूल हो । यसलाई आफ्नो उमेर थाहा छ, आकास थाहा छ । त्यसकारण यो स्वस्थ छ । प्याकेटमा लेखिदिए हुन्छ ।’

मूल्य पाएन भनेर खानेकुरालाई सडकमा नफाल्न पनि उनले आग्रह गरे । ‘दूध विकेन भने कुराउनी पकाउन सकिन्छ, दही जमाएर घ्यू निकाल्न सकिन्छ, मुला विकेन भने सिन्की बनाउने सकिन्छ’ उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *