न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन सुरु

   नयाँ दैनिक comment 0

चैत २०, काठमाडौँ । सर्वोच्च, उच्च र जिल्ला न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । जसका लागि देशभरबाट करिब चारसय न्यायाधीश काठमाडौँमा भेला भएका छन् । ३ दिनसम्म चल्ने उक्त सम्मेलनका लागि बुधबारदेखि शुक्रबारसम्म नेपालभरका अदालतमा पेशी तोकिने छैन ।

उपत्यका बाहिर टाढाका जिल्ला अदालतहरुमा सोमबार मात्र पेशी तोकिने छ । बुधवार दिउसो २ बजेबाट सुरु हुने राष्ट्रिय सम्मेलनले नयाँ देवानी तथा फौजदारी संहिता-२०७४ (मुलुकी संहिता) कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता र कार्यान्वयन, न्यायपालिकाको भावी रणनीति लगायतका विषयहरुमा छलफल केन्द्रित गर्ने छ ।

सम्मेलनमा उठेका विषयहरु तथा कार्यपत्रमाथि समूहगत छलफल हुने र काठमाडौँ घोषणापत्र जारी गर्दै शनिबार सम्मेलनको समापन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *