विजनेस

सिक्किम र दार्जलिङ यात्राको अनुभूति

भन्ने गरिन्छ, पढेरभन्दा परेर जानिन्छ । परेर भन्दा काम गरेर अनुभव गर्ने विषय अझै रोचक हुँदो रहेछ । पोखरा मात्र होइन, नेपाल र अन्तर्राष्ट्रियस्तरमा समेत पर्यटन व्यवसायी महिलाको नाम लिनुपर्दा सबैभन्दा पहिला लक्की कार्की क्षेत्रीको नाम लिने गरिन्छ । यस्तै असंख्य दिदीबहिनीहरु पर्यटन क्षेत्रमा जुर्मुराएको हेर्दा महिला सशक्तिकरण राम्रै भएको महसुस गर...

‘भिडियो च्याट’ गर्दा होस् नपुर्याउँदा…

जेठ १८, काठमाडौँ । पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे ।

उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवत...

अब फेसबुकले चिनाउने भयो ‘बेस्ट फ्रेन्ड’

जेठ ८, काठमाडौँ । आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ । उक्त परिवर्तनपछि प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् ।

फेसबुकले यस बारेमा धेरै जानका...

फेसबुकले भिडियो च्याट एप बन्द गर्ने

बैशाख २३, काठमाडौँ । फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

फेस...

नयाँ वर्षसँगै सेयर मार्केटमा हरियाली छाउने क्रम जारी

बैशाख ३, काठमाडौँ । नयाँवर्ष लागेसँगै सेयर बजारमा पनि वृद्धि हुने क्रम निरन्तर छ । हिजो सामान्य वृद्धि भएर बन्द भएको बजार आज २३.३३ले बढदै कारोबार रकममा पनि वृद्धि गर्न सफल भएको हो ।

मंगलवार कारोबार मापक नेप्से परिसूचक २३.३३ अंकले बढेर १ हजार १ सय १२ दशमलव ०५ अंकमा पुगेको छ भने ७४ करोड २७ लाख १८ हजार ७ सय ५१ रुपैँयाको ...

नेप्सेले हरियो हुँदै नयाँ वर्षलाई गर्‍यो स्वागत

वैशाख २, काठमाडौँ । वर्षको पहिलो दिनको कारोबारमा आज सोमवार नेपाल स्टक एक्स्चेन्जमा सामान्य वृद्धि भएको छ । २०७५ को अन्तिम कारोबारमा घटेर बन्द भएको नेप्से सूचक आज भने ११८८.७१को विन्दुमा पुगेको हो ।

बाणिज्य बैंक समूह, विकास बैंक समूह, निर्जीवन विमा समूह, लघुवित्त, होटल र अन्य समूहका परिसूचकमा वृद्धि भएको छ भने जीवन विमा...

सेयर मार्केटमा सामान्य गिरावट

चैत २८, काठमाडौँ । साताको सुरुवातबाट सुधार देखिएको नेप्से वर्षको अन्तिम दिन बिहिवार घटेर बन्द भएको छ ।

हिजोको तुलनामा परिसूचक ०.५९ अंकले घटेर ११८४.०२को विन्दुमा अड्डिएको हो । होटेल, फाइनान्स तथा उत्पादनमुलक समूह बाहेक अन्य समूह भने हरियो रहेको बजारमा एभरेष्ट इन्सुरेन्स कम्पनीका लगानीकर्ताहरुले सबभन्दा धेरै नाफा सुरक्ष...

सेयर बजार सुधारको दिशामा

चैत २७, काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जमा बुधबार सामान्य सुधार भएको छ । नेप्से परिसूचक हिजो मंगलबारको भन्दा ३.५२ अंकले बढेर ११८४.६१ मा पुगेको हो । 

नेप्से बढेपनि कारोवार रकममा भने गिरावट आएको छ । ४१ करोड ४९ लाख ४ हाजर ६ सय ३२ रुपैया कारोवार हुँदा नेपाल कम्युनिटी डेभ्लोप्मेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशत नाफा सुरक्ष...

शेयर बजार फेरी ओरालो लाग्यो

चैत २६, काठमाडौँ । यो साताको पहिलो दिन आइतबारबाट केहि सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । नेप्से सूचक हिजो ११९१.६८को बिन्दुमा पुगेको थियो । आज उक्त सूचक घटेर ११८१.१० को बिन्दुमा आइपुगेको हो ।

नेप्से घटेसँगै कारोबारमा रकममा पनि गिरावट आएको छ  । आज २७ लाख ८८ हजार ८ सय ८६ कित्ता शेयर कारोबार हुँदा ७३ करोड ५१...

सेयर बजारमा नयाँ रौनक छायो

चैत २५, काठमाडौँ । विगत लामो समयदेखि ओरालो लागिरहेको सेयरबजारमा रौनक छाएको छ । सोमबार नेप्सेमा कारोबार रकम बढ्नुका साथै नेप्से परिसूचक पनि करीब १२ सयको बिन्दुमा पुग्न खोजेको छ । 

नयाँवर्ष सुरु हुन लाग्दैगर्दा बजारमा आएको यो सकारात्मक परिवर्तनले लगानीकर्ताको मनोबल उच्च देखिएको छ । सोमबार पनि कारोबार रकममा वृद्धि हुनुका...

पूँजी बजारमा आकर्षक बृद्धि

चैत २४,  काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिन आइतबार १.४७को बृद्धि भएको छ । आज नेप्से सूचक ११८२.३६को बिन्दुमा पुगेको हो भने एनआइसि एसिया बैंकले सबैभन्दा धेरै कारोबार गर्दै उक्त बैंकका सेयर होल्डरले धेरै नाफा कमाउन पनि सफल भएका छन् ।

केहि समयदेखि निरन्तर ओरालो लागेको बजार अब भने सुधारको दिशामा अगाडि बढेको...

पर्यटनका लागि पोखरामा ‘टिडिसी’ हुने

चैत १९, पोखरा । पर्यटनका लागि पोखरामा टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) हुने भएको छ । पर्यटन व्यवसायमा सकारात्मक तथा प्रगतिशील परिवर्तनको लागि उर्जा ल्याब कम्पनिले टिडिसीको आयोजना गरेको हो । ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्ने उद्धेश्य समेत लिएर कार्यक्रमको आयोजना गरिएको उर्जा ल्यावले जनाएको छ ।

आयोजकका अनुसार सो ...